बाढीका कारण कैलालीमा ७ सय भन्दा बढी घर विस्थापित
धनगढी, २६ असोज । दसैे टिकाको दिन देखिको लगातार वर्षाका कारण कैलालीको टीकापुर नगरपालिकामा पसेको बाढीले झण्डै सात सय परिवार भन्दा बढि विस्थापित भएका छन् । जिल्लाको जानकी गाउँपालिकामा पनि बाढीकै कारण ३६ परिवार विस्थापित भएका हुन् ।
विस्थापित मध्य ४७ घर पूर्णरुपमा क्षति भएको छ । लगातार को बाढी बाट प्रभावित हुनेमा टीकापुर नगरपालीकामा एक सय भन्दा बढी गर्भवती र सुत्केरी रहेको टिकापुर नगरपालीकाले जनाएको छ । यस्तै, तीन सय २० पाँच वर्षमुनिका बालबालिका, चार सय पाँच वर्षमाथिका बालबालिका, ५५ ज्येष्ठ नागरिक, २० अपाङ्गता भएका व्यक्ति र नौ अन्य बिरामी रहेका नगरपालिकाले जनाएको छ ।
विपत व्यवस्थापन समितीले बाढी प्रभावित परीवारको राहत तथा उद्धारका लागि प्राथमिकताका आधारमा राहत दिने निर्णय गरेको छ । नगरपालीकाका बाढी प्रभावीत परीवारका लागि तत्काल टेन्ट, त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, खानेपानी, तयारी खाना, गुन्द्रीलगायतका सामान उपलब्धका लागी सरोकारवालासँग माग गरीएको छ । बाढीका कारण टीकापुर नगरपालिका सबै वडा प्रभावित भएका छन् । बाढीले सबैभन्दा बढी क्षति वडा नं ५, ६, ७, ८ मा पु¥याएको छ ।
कर्णाली नदीमा पानीको बहाव बढेपछि बाढी बस्तीमा पसेको हो । अविरल वर्षाका कारण आएको बाढीले नागरिक प्रभावित मात्र नभई भित्र्याउन तयार भएका धानबाली सखाप भएको वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । उनले भने,“पाकेको धानबाली सबै हावा तथा पानीले ढलेर नास भइसकेको छ भने फुलिरहेको धान पनि डुबान तथा पटानले सकियाछ ।, बाढिले प्रभावित भएका नागरिकलाई राहतभन्दा पनि किसानहरुका लागी दीर्घकालीन समाधानको माग गरेका छन् ।