पानीको सतह घटेपनि कैलालीका बाढी प्रभावीतको बास अझै सडकमै

धनगढी, २६ असोज । दसैंको टिकाको दिन देखी लगातारको वर्षा रोकिएसँगै कैलालीको डुबानग्रस्त क्षेत्रमा पानीको सतह घट्दै गएको छ । बाढी तथा डुबान क्षेत्रमा पानीको सतह घट्दै जाँदा आवागमनमा सहज हुन थालेको छ ।

कैलालीको पूर्वी टीकापुर क्षेत्रमा कर्णालीमा आएको बाढी सेको हो । जिल्लाको भजनी नगरपालीका पूर्वी टीकापुरको साइनपुर र जानकी गाउँपालिकाको पाथभारा, खैरौलाबाट कर्णालीमा आएको बाढी बस्तीमा पसेको थियो ।

उक्त क्षत्रमा कर्णालीको पानीले क्षति नहोस भनेर अस्थायी रोकथामका लागी बाध निर्माण गरीएको छ । भजनी नगरपालिका मेयर केवुल चौधरीले अविरल वर्षा रोकिएसंँगै स्थानीय थप बिस्थापित हुनबाट र विनाशबाट बचेको महसुस गरिरहेको बताए ।

उनका अनुसार भजनीका ९ वटै वडाका करिब ५ सय परिवार घर छोडेर हुलाकी सडक, स्थानीय सामुदायिक वनको छेउमा र केही परिवार विद्यालयमा बसेका छन् । बस्तीमा पानीको सतह कम हुदै गएपनी बाढी प्रभावीत परीवार घरमा फर्कने अवस्था आएको छैन् ।

अहिले उनीहरु सडक छेउमा त्रिपाल मुनी र अधिकांस परिवार विद्यालयमा बसीरहेको मेयर केवुल चौधरीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.