डडेल्धुरामा स्थानीय उत्पादन बस्तुले बजार पाएन
धनगढी, २४ असोज । डडेल्धुराका बाँस, व्यवसायमा आश्रित बनेका व्यवसायीहरु चिन्तित बनेका छन् । बाँस, निगालो र बेत जस्ता वस्तुबाट बनेका समाग्री बिक्री नहुदा ति व्यवसायीहरु चिन्तित बनेका हुन् । परम्परागत रुपमा प्रयोग गर्दै आएका घरायसी प्रयोजन,कृषि उपज भण्डारण, ओसारपसार जस्ता विभिन्न क्षेत्रमा प्रयोग बिहिन बनेका छन् ।
उनका अन’ बस्तुको सट्टामा पछिल्ला वर्ष यता सिल्भर, स्टिल, जस्ता पाता, प्लास्टिकका सामानले बजार पाउदा बाँस, निगालो र बेतमा आश्रित रहेकाहरूको व्यवसाय सङ्कटमा परेको स्थानीय टिका कैनीले बताए ।
उनका अनुसार विगतको भन्दा आजभोली बाँस, निगालो र बेत जस्ता बस्तु बाट बन्ने सामग्री भन्दा पनि बजारमा आएका प्लास्टिकका बस्तु प्रयोग बढि हुने गर्दछ । त्यस कारण बाँस, निगालो र बेतमा आश्रित रहेकाहरूको व्यवसाय सङ्कटमा परेको उनले बताए ।
यसको प्रवर्धनका लागि स्थानीयलगायत तीनै तहका सरकारले कुनै योजना स्थानिएको गुनासो छ । उनिहरुले भने,हामीले मेहनत गरेर बनाएका सामग्री खरिद गर्न पनि धौधौ परेको छ । जसले गर्दा पेसा सङ्कटमा पर्नुका साथै युवा हरु बेरोजगार बस्नु परेको स्थानीको भनाई छ ।