आइतवार हुने उम्मेदवारी मनोनयनको सबै तयारी पूरा
काठमाडौं, २२ असोज । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि भोलि (आइतवार) हुने उम्मेदवारी मनोनयनको सबै तयारी पूरा भएको जनाएका छन्।
देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ८८ निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक जनशक्ति, सुरक्षा सहित सबै व्यवस्थापन पूरा गरिएको उनले बताएका छन् ।
आयोगको शनिवार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भोलि १० बजे देखि ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन आग्रह गरेका छन्। त्यस बाहेक संविधान तथा कानून बमोजिम सबै वर्ग, लिंग, समुदाय समेटिने गरी समानुपातिक प्रतिनिधित्व हुने गरी मनोनयन गराउन उनले राजनीतिक दलहरूसँग विशेष आग्रह गरेका छन् ।