प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि लामिछाने पक्राउ

काठमान्डौ २० असोज । एक किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको झन्डै १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।
अमेरिका हुँदै कतारको दोहा ट्रान्जिट भएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो । लामिछानेले अध्यागमनका अधिकारीहरूलाई आफू अमेरिकाबाट आएको बताएका छन् ।
२०७९ भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएकोमा भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो ।

निलम्बन हुनुअघिसम्म क्यानको सम्पर्कमा रहेका लामिछाने त्यसपछि भने सम्पर्कविहीन भएका थिए । उनी प्रहरी र क्यान दुवैको सम्पर्कमा नआएपछि विमानस्थल अध्यागमन कार्यालयले पनि उनलाई कालो सूचीमा राख्यो । अनि मात्रै भदौ २४ गते फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्न छिट्टै नेपाल आउने बताएका लामिछानेलाई नेपाल नफर्किएपछि प्रहरीले गत असोज ७ मा इन्टरपोलको डिफ्युजन नोटिसमा राखेर विश्वभरका प्रहरीमार्फत खोजी अघि बढाएको थियो ।

एक किशोरीले लामिछानेविरुद्ध गौशाला प्रहरीमा जबर्जस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् । जाहेरीमा भदौ ५ गते लामिछानेले ती किशोरीलाई जबर्जस्ती नगरकोट पुर्‍याएको र केही समय त्यहाँ बसेर राति तिलगंगाको एक होटलमा पुर्‍याई जबर्जस्ती करणी गरेको उल्लेख छ । लामिछाने भदौ ६ मा केन्यासँग एकदिवसीय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।जाहेरीमा उनी नैरोबी उड्नु अघिल्लो रात घटना भएको उल्लेख छ । तर, घटनाको दुई सातापछि मात्रै पीडित प्रहरीमा पुगेकी थिइन् ।

स्रोतका अनुसार सुरुमा किशोरीले साथीमार्फत लामिछानेसँग भेटेकी थिइन् । त्यसपछि लामिछानेसँग सामाजिक सञ्जालमार्फत कुराकानी र फोटो आदानप्रदान गरेकी थिइन् ।

परेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.