आलिताल गाउँपालिकाका युवा नेता बिस्टले गरे, वडा अध्यक्ष पदमा उमेदवारी घोषणा

डडेल्धुरा,नेकपा माओवादी केन्द्रको सहायक संगठन वाई सी एल प्रदेश सदस्य एवब आलिताल गाउँपालिका वडा न.६ नेकपा माओवादि केन्द्रका पार्टी कमिटी अध्यक्ष समेत रहेका युवा नेता बिष्णु बहादुर बिस्ट डडेलधुरा जिल्ला आलिताल गाउँपालिका वडा न.६ बाट वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिस्ट निर्माण व्यवसायी हुन् । उनी पछिल्लो समय समाज सेवामा पनि उत्तिकै सक्रिय रहेका छन् ।जनताले आफूलाई विश्वास गर्ने र समाजसेवा गर्ने अवसर दिनेछन् भन्ने कुरामा विश्वस्त भएको बिस्ट बताउँछन्। आफूलाई वडा न.६ का जनताले विश्वास गरे ६ नम्बर वडा लाई आलिताल गाउँपालिका कै नमुना वडा बनाउने उनको भनाई रहेको छ । उनले वडा भित्र पाँच वर्ष भित्रमा एक घर एक रोजगारी सिर्जना गर्ने, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनमा बढी जोड दिने बताउनुभयो ।

उहाँले आफूलाई आलिताल गा।पा।वडा।न।६का जनताले विश्वास गरे स्वाथ्य,शिक्षा, बिजुली तथा खानेपानी निःशुल्क गर्ने पनि बताउनुभयो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.