नवरात्रको आज सातौँ दिन : आज फूलपाती भित्र्याईदैं,कालरात्रि देवीको पूजा आजा
धनगढी, १६ असोज । बडा दशैंअन्तर्गत नवरात्रको आज सातौँ दिन । आवका दिन महासप्तमी कालरात्रि देवीको पूजा आजा गरिंदैछ ।
नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिको पूजा–आराधना गरिन्छ। नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा कालरात्रिको विधिवत पूजा–आराधना गरिन्छ ।
नवदुर्गाको सातौँ रूप कालरात्रि कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन् । तीन आँखा भएकी कालरात्रिले बारम्बार निःश्वास लिने गर्छिन् । स्वरूप डरलाग्दो भए पनि कालरात्रिले आफ्ना भक्तलाई सदैव कल्याण गर्छिन् भन्ने धार्मिक विश्वास छ ।
आजकै दिन नवपत्रिकाको नामले चिनिने नौं देवीको विधिवत रुपमा घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याईने प्रचलन रहेको छ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका,
रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने परम्परा रहेमो छ । नौं देवीको शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नवपत्रिकाको नामले समेत चिनिने फूलपातीका दिन नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।