बुहारीको माइती घर जाने क्रममा ससुराको बाटोमै मृत्युःदार्चुला
धनगढी, १३ असोज । दार्चुलामा हिडिरहेको अवस्थामा बाटोमा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको डिलासैनी गाउँपालिका– २ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहरा रहेका छन् ।
उनको दार्चुलाको नौगाड गाउँपालिका– ४ सिप्टीमा बाटोबाट तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलामा सूचना अधिकारी राजेश बहादुर शाहीले बताए ।
प्रहरीका अनुसार दार्चुलाको मार्मा गाउँपालिका– ६ पत्थरकाडामा रहेको आफ्नो बुहारीको माइतीघर जाने क्रममा बाटोबाट लगभग ६ मिटर तल खस्दा बोहराको मृत्यु भएको हो ।