बुधवार सुनको मुल्य दुई सय रुपैयाँले बढ्यो

धनगढी, १२ असोज । नेपालमा आज बुधवार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा तोलामा दुई सय रुपैयाँले बढेको हो ।

आज बुधबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँमा रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघले बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.