सबैको उद्देश्य जनताको सेवा गर्नु हो,नगर प्रमुख खड्काःडोटी

धनगढी, १२ असोज । डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजि सिंह खड्का ले जनप्रतिनिधि र कार्यालयका कर्मचारीहरुको उद्देश्य जनताको सेवा गर्नु भएको बताएका छन् ।’

खड्काले एक कालकार्यक्रमका बिच संघ र प्रदेश अन्तर्गतका कार्यालय प्रमुखहरु संग समन्वय बैठकमा जनप्रतिनिधि र कार्यालयका कर्मचारीहरुको उद्देश्य जनताको सेवा गर्नु भएको बताए हुन ।’

नगर प्रमुख खड्काले जनप्रतिनिधि र सम्पुर्ण कार्यालयका कर्मचारीहरुले गरेको कामले जनतालाई जनभावना अनुसार लाभ पुगेको छ,कि छैन भनेर त्यसबारे अध्ययन गरेर काम गर्नु पर्ने बताए ।’

कुनैपनि कार्यलयबाट कर्मचारीले राजविती गर्न नहुने नगर प्रमुख खड्काको तर्क छ ।’ उनले भने,“मानव कुनै न कुनै राजनीतिक आस्था बोकेको हुन्छ, तर जनप्रतिनिधी र सरकारी तथा गैर सरकारी संस्थाका कर्मचारीले सेवा ग्राही संग राजनिती गर्न हुदैन ।”

उनले इमानदार भयर काम गर्दा गर्दै पनि कसैले नगरपालिका भित्रका संघ र प्रदेशका कार्यालयका,राष्ट्र सेवक कर्मचारीलाई वदनामी गर्न खोजेमा आफु र सम्पुर्ण कार्यपालिकाको टिम न्यायका लागी पछि नपर्ने बताए ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.