चैत ८ देखि १० सम्म `डडेल्धुरा महोत्सव २०७८` आयोजना हुने

फागुन ३० धनगढी, डडेल्धुरामा `डडेल्धुरा महोत्सव २०७८` आयोजना हुने भएको छ् । अमरगढी नगरपालिकाको आयोजनामा चैत ८ गते देखि १० गतेसम्म जिल्लाको टुँडिखेल परिसरमा `डडेल्धुरा महोत्सव २०७८` हुन लागेको हो ।

सोमबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजना हुनेबारे जानकारि दिएको हो ।स्थानिय प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सब आयोजना गर्न लागेको नगर प्रमुख विशेश्वोरप्रसाद ओझाले बताए । `महोत्सवमा सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणमा जोड दिइनेछ । स्थानिय प्रतिभा पहिचान तथा सुदुरको संस्कृति संरक्षणका लागि महोत्सव आयोजना गरिन लागिएकाले कर्णाली पारिका कुनैपनि कलाकारलाई महोत्सवमा स्थान नदिइने नगर प्रमुख ओझाको भनाई छ ।

महोत्सवमा सुदुरपश्चिमका रस्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति सँगै हुड्केली,छलिया डेउडालगाएतका स्थानिय प्रस्तुति प्रदशन गरिने छन् । महोत्सव निसुल्क हेर्न पाईने छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.