धनगढीबाट पहाड जिल्लामा जाने यात्रुलाई टिकटको अभाव
दिपक बम, धनगढी, १० असोज । धनगढी बाट सुदूरपश्चिाका सात वटै जिल्लामा जाने यात्रुको चाप बढेको छ । पढाई गर्न तथा रोजगारको सिलसिलामा कैलाली आएका मानिस दशै तिहार मनाउन घर फर्कने यात्रुको चाप बढेको हो ।
धनगढीबाट अहीले सुदूरपश्मि प्रदेशका सात वटै जिल्लमा दैनिक ३५ वटा बस छुट्ने गरेको सुन्दर सुदूरपश्चिम यातायात प्रा.ली का बुकिङ कलर जिवन स्वारले जानकारी दिए । धनगढीबाट दैनीक २ हजार २५ सय भन्दा बढी यात्रु जाने गरेको बुकीङ कलर स्वारले बताए ।
कलेजको पनि विदा हुदा दशै मनाउन गाउँमा जानलागेका अछामका अंकुस खड्काले टिकट नपाको बताए । उनले सोमबार घर जाने भनेका थिए,तर टिकट नपाएर विहिबारको टिकट काटेको बताए ।
दसै तिहारमा भारतबाट आउने तथा धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा जाने यात्रुको चाप बढेको हुदा व्यवस्थापन गर्न समस्या भएको सुन्दर सुदूरपश्चिम यातायात प्रा.ली का बुकिङ कलर जिवन स्वारले बताए ।
पेट्रोल र डिजलको मुल्य वृद्धि भएको तर भाडा दर पुरानै हुदा बस थपेर पठाउन सक्ने अवस्था नभएको उनले बताए । हाल धनगढीबाट पहाडी जिल्लाका लागी सुन्दर सुदूरपश्चिम यातायात प्रा.लीका बस चलीरहेका छन् ।
उक्त यातायात प्रा.ली बाट हाल अछाम र बाजुराका लागी १३ ओटा बस, बझाङका लागी दुई र बैतडी, दिपायल डोटी र दाचुलाका लागी २० ओटा बस गरी जम्मा ३५ बस दैनिक चलीरहेको यातायात प्रा.लीका टिकट कलर स्वारले जानकारी दिए ।