धनगढीको मष्टा सहकारी संस्थाका म्यानेजरले १८ लाख नगद लगेर बेपत्ता
दिपक बम,धनगढी, ९ असोज । धनगढीमा संचालित मष्टा बचत तथा ऋण सहकारी संस्थाको म्यानेजरले पैसा लगेर सम्पर्क बिहिन भएका छन् । धनगढी ३ चटकपुर रहेको सहकारी संस्थाका म्यानेजर शिबराज खैरले १८ लाख ८८ हजार नगद रुपया लगेर सम्पर्क बिहिन भएका छन् ।
ग्राहकहरुले बचत रकम माग गर्दा दुई चार दिन चेकको भुक्तानी दिने भन्दै आलटाल गरेपछि रहस्य खुलेको बचतकर्ता सुरेन्द्र बोहराले बताए ।‘एकदुई दिन भन्दै तिन महिना सम्म पनि सहकारीले चेक साटेको छैन’ बोहराले भने–‘अहिले सम्म हामीलाई कुनै सहकारी प्रशासनले कसैले प्रतिकृया दिएन् ।’
आईतबार मष्टा सहकारी रकम दिने भनि बोलायो तर, दिएन बचतकर्ताको गुनासो गरेका छन् । आईतबार सबैको पैसा दिने भनेका म्यानेजरले लगेर सम्पर्क बिहिन भएको बचतकर्ता सुरज विकले बताए । बचतकर्ताहरु रकम नपाएपछि कार्यालयमै सहकारी संस्थाका अध्यक्ष हिक्मतबहादुर दर्जीलाइ तालाबन्दी गरी थुनेका थिए ।
तालाबन्दी गरेपछि अध्यक्ष दर्जी पछाडीको ढोकाबाट बाहिर निस्केका थिए । रकम जोखिममा परेपछि प्रहरी कार्यालयमा बचतकर्ताहरु प्रहरीमा उजुरी दिने भएका छन् । सहकारी संथाका अध्यक्ष दर्जीले म्यानेजरले पैसा लिएर स्वीकार गरेका छन् ।
आईतबार दिनभर सहकारीको कार्यालयमा दिनभर तनाग्रस्त भएको थियो । बचतकर्ताहरुले हुलदुङ्गा गरेपछि प्रहरी आएर भिडभाड नियन्त्रणमा आएको थियो ।