सरकार संग १० बुँदे सहमति पछि डा.केसीले अनशन तोडे
धनगढी,९ असोज । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएपछि अनसन बसेको १३ औं दिनमा केसीले अनशन तोडेका छन् । सरकार संगको सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा.केसीले त्यहीं उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
१० बुँदे सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन् ।
चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न माग सहित डा. केसीले गत भदौ २७ गतेबाट धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं आमरण अनसन सुरु गरेका थिए ।