डोटीका एक जना स्वास्थ्यकर्मीले महिला कर्मचारीमाथि दुव्यवहार गरेको आरोपमा पक्राउ

धनगढी,८ असोज । कैलालीमा डोटी घर भएका एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । डोटीको सायल गाउँपालिका १ मा रहेको स्वास्थ्य चौकीका इन्चार्ज भरत दीर्घ खड्का कैलालीमा पक्राउ परेका हुन् ।

खड्का एक महिलामाथि दुव्यर्वहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशी बताए ।

आफ्नै स्वास्थ्य चौकीमा कार्यरत महिला कर्मचारीमाथि दुव्यर्वहार गरेको खड्कालाई आरोप लागेको छ । उनी खड्काकी पूर्व प्रेमिका समेत रहेको खुलेको छ ।

ती महिला विवाहित पनि हुन् । खड्काले हालै धनगढीका आएका बेला आफ्नो सहकर्मी समेत रहेकी पूर्व प्रेमिकाको कोठामा गएर जवरजस्ती गरिएको देखेका थिए अवस्थामा उनका श्रीमानले रंगेहात फेला पारेका थिए ।

महिलाले खड्काविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता खोजेपनि प्रहरीले प्रमाण नपुग्ने भन्दै अहिले सार्वजनिक कसुर गरेको अभियोगमा मुद्दा चलाएको छ ।

स्वास्थ्यकर्मी खड्का जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा छन् प्रहरीले बताएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.