डोटीमा ‘खप्तड–शैलेश्वरी गोल्डकप प्रतियोगिता सुरु
धनगढी, ८ असोज । डोटीको भैरब प्रशाद गण सिलगढीमा सुदूरपश्चिम प्रदेश स्तरिय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु भएको छ ।
शनिबारदेखि जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा–६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिताको शुरु भएको हो ।
सुदुरपश्चिम प्रदेश स्तरीय फुटवल प्रतियोगितामा सात वटा टिमको सहभागिता रहेकोे छ । कैलाली, बाजुरा,अछाम, डोटी, डडेल्धुरा, भैरब प्रशाद गण र उद्योग बाणिज्य संघको टिम सहभागी भएका छन् ।
उक्त प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद रु १ लाख सहित ट्रफि प्रमाण पत्र त्यस्तै द्धितिय हुने टिमलाई ५० हजार सहित ट्रफि प्रमाण पत्र प्रदान गरीने भैरब प्रशाद गणका गणपती जनमत बहादुर कार्कीले जानकारी दिए ।
प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँचसय रुपैयाँ,ट्रफि र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिलाई नगद ५ हजार रुपैयाँ , ट्रफि पुरस्कारको व्यवस्था गरीएको कार्किले बताए ।