बैतडीको दशरथचन्द नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी
धनगढी,८ असोज । बैतडीको बालविकास सहजकर्ताहरुले दशरथचन्द नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका छन् । नगरपालिकाबाट आफूहरुले बढेको तलब नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
आफूहरुले बढाएको तलब नपाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण र्गा शिक्षा शाखामा तालाबन्दी गरेको बालविकास सहजकर्ता मञ्जु भट्टले बताइन् ।
उनले गएको बर्ष पनि हामीले बढेको तलब पाएको बताईन् । यो बर्ष पनि नगरपालिकाले तलब दिन आनाकानी गरेपछि तालाबन्दी गर्न बाध्य भएको उनको भनाई छ।’
नगरपालीकाले आफूहरुको मागका बिषयमा कुनै चासो नदिएको बालविकास सहजकर्ताहरुले आरोप लगाएका छन् । आफूहरुका माग पूरा नहुँदा सम्म तालाबन्दी नखुल्ने उनीहरुले चेतावनी दिएका छन् ।