धनगढीमा स्वावलम्बन लघुवित्त वित्तिय सस्थांको २ दिने गोष्ठी सम्पन्न
धनगढी,७ असोज ।स्वावलम्बन लघुवित्त वित्तिय सस्थां लिमिटेड उपशाखा धनगढी,कैलालीले केन्द्र प्रमुख सगंको गोष्ठी सम्पन्न गरेको छ । केन्द्र प्रमुख सगंको गोष्ठी विहिवार सुरु भएको हो भने आज(शुक्रवार) समापन गरिएको छ ।
सस्थांका कार्यालय प्रमुख प्रमोद कुमार सिक्देलले केन्द्रका महिलाहरुलाई प्रशिक्षण दिए । उनले केन्द्रका प्रमुखहरुले दिएका सुझावहरुको जवाफ दिदै आगामी दिनहरुमा सस्थाका कमीकमजोरी आत्मासाथ अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।
सस्थांका क्षेत्रीय प्रबन्धक डोल नाथ त्रिपाठिले बचत बारे जानकारी गराए । उनले विवाह,घरायसी पूजा,चाडपर्व,घर जग्गा खरिद,उपचार तथा आकस्मात हुने ठूलो खर्चका लागि बचत गर्नु पर्ने धारणा राखे ।बुढेशकाल भएमा,बच्चाको शिक्षा र अन्य खर्चका लागि बचत गर्नु पर्ने,पैसाको अभाव झेल्न नपरोस भनि,फजुल खर्चहरु कटौती गरेर बचत गर्न,बचत सुरक्षित हुने वित्तीय संस्थामा जम्मा गर्नु पर्ने,कमाई भए पनि सम्पत्ति सुरक्षा गर्न नसक्दा मान्छे गरिब भएको उनले प्रस्ट पारे ।
कार्यक्रमको विशिष्ट अतिथी धनगढी उप–महानगरपालिका वडा नं. १३ की वडा प्रतिनिधि बर्षा शाह राना,प्रमुख अतिथी वडा नं. ११ की रत्ना देवी बोगटी तथा सभापती सिता सिद्धिकी खड्का रहनु भएको थियो भने कार्यक्रम सञ्चांलन स्वावलम्बन लघुवित्त वित्तिय सस्थांका सहायक नरेस कोलीले गरेका थिए ।
स्वावलम्बन लघुवित्त वित्तिय सस्थां लिमिटेड देशभरी १५५ शाखा रहेको तथा सुदूरपश्चिममा ११ ओटा शाखा रहेको जनाईएको छ । सस्थांले आगामी दिनमा मोबाईल बैंकिङ्गको व्यवस्था गर्ने योजना राखेको जनाईएको छ ।