बझाङमा सडेको अवस्थामा एक पुरुषको शव फेला

धनगढी, ६ असोज । बझाङमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको जयपृथ्यी नगरपालीका ७ मा आज विहान नौ बजे सडेको अवस्थामा शव फेला परेको हो ।

जिल्लाको जयपृथ्यी नगरपालीका ७ स्थित पानीकाफली सामुदायक वन क्षेत्र घुअसखोलामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

उनका अनुसार घटनाको प्रकृति हेर्दा लडेर मृत्यु भएको हुन सक्ने आसंका गरीको छ । शव सडेर किरा लागेको हुदा पहिचान गर्न नसकिएको उनले बताएको छ ।

प्रहरी अनुसार शव सडेर किरा लागेको हुदा अन्दाजी सात,आठ दिन अगाडिको शव रहेको छ । शवको पोष्ट मार्टमका लागी मुचुल्का उठाएर अस्पताल लग्ने तयारी भईरहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.