कैलालीमा विषादी सेवनबाट एक महिलाको मृत्यु
धनगढी, ६ असोज । कैलालीमा विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका ५ तारानगर बस्ने ३६ वर्षीया पुनम अवस्थीको विषादीबाट मृत्यु भएको हो ।
विषादी सेवन गरेर बेहोस भएकी अवस्थीलाई कैलाली अस्पताल पुगाईएको थियो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार दिउँसो घरमै विषादी सेवन गरेर बेहोस अवस्थामा भेटिएकी अवस्थीको अआज(बिहिबार) बिहान मृत्यु भएको हो । सो घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।