डा. केसी थप उपचारको लागि अन्यत्र जान सहमत
धनगढी,५असोज । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर १० दिनदेखि आमरण अनसन बसेका डा.गोविन्द केसी थप उपचारको लागि अन्यत्र जान सहमत भएको जनाईएको छ ।
सेती प्रादेशिक अस्पतालका डेन्टल अधिकृत तथा उनका सहयोगी डा.अमृत राज जैशी का अनुसार डा.केसीलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिने छ । उनले भने डा.केसी सरकारको माध्यम बाट भन्दा पनि आफ्नै खर्चमा गेटा विमानस्थलबाट बुधवार अपरान्ह श्री एयरलाइन्सको जहाज बाट काठ्माडौ जान लागेका हुन् ।
सेती प्रादेसिक अस्पताले भने डा.केसीको स्वास्थ्य अवस्था नाजुक भएकोले जहाज बाट जान नमिल्ने बताएको छ ।
यसअघि सेती प्रादेशिक अस्पतालले केसीको मासंपेसी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शकां भएकोले थप जटिलता हुन सक्ने भन्दै थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरणको लागि प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय,सुदूरपश्चिम मानव अधिकार आयोग र स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको अस्पतालले जनाएको थियो ।
उनी कुन माध्यम बाट जाने हुन्, त्यसको लागि निर्णय भने भैनसकेको अस्पतालले जनाएको छ ।