केसीको स्वास्थ्य अवस्था जटिल बन्दै,अन्य अस्पतालमा स्थानान्तरण गर्नु पर्ने

धनगढी,४ असोज । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर १० दिनदेखि आमरण अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको छ ।
डा. केसीको शरीरमा पोषणतत्व र पानीको अभाव देखिएको छ । केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखा परेको ,रगतमा चिनीको मात्रा अत्याधिक कम हुदै गएको, पनि अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको छ ।
सेती प्रादेशिक अस्पतालले केसीको मासंपेसी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शकां भएकोले थप जटिलता हुन सक्ने भन्दै थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरणको लागि प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय,सुदूरपश्चिम मानव अधिकार आयोग र स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको अस्पतालले  जनाएको छ ।

   

सम्बन्धित
Leave A Reply

Your email address will not be published.