डा.केसीको स्वास्थ्य अवस्था जटिलःकडा अल्सरको लक्षण

धनगढी,४ असोज । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर नौ दिनदेखि आमरण अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल हुँदै गएको छ । सेती प्रादेशिक अस्पतालले केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजान सुचाब दिएको छ ।

डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । केसीस्को पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई अल्सरको लक्षण देखिएको छ ।

अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.