डाक्टर केसीलाई सामाजिक विकास मन्त्री बोहराले भेटे

धनगढी,४ असोज । ९ दिनदेखि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीलाई प्रदेस सरकारका सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्द बोहराले मंगलबार बिहान भेटेका छन् ।
९ दिनदेखि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीले प्रदेश सरकारले काठमाडौं लैजाने प्रस्ताव गरेका थिए तर केसीले सक्त प्रस्ताव अस्विकार गरी दिएका छन्।
कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनसहितका माग राख्दै अनसनरत केसीलाईकाठमाण्डौं लैजाने प्रस्ताव गरेका थिए। भाद्र २६ गते धनगढीको कृष्णमन्दिरमा सत्याग्रहमा बसेका डाक्टर केसीलाई तीन दिनमै स्वास्थ्य अवस्थामा समस्या आएपछि, सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको थियो।

प्रदेशका सामाजिक विकास मन्त्री बोहरा, प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदिशप्रसाद जोशीसहितको टोलीले मंगलबार बिहान सेती प्रादेशिक अस्पताल पुगेको थियो। ‘मेरा मागहरु पूरा गर्नुहोस, म काठमाडौं जान्न,  मलाई सेती प्रादेशीक अस्पतालका चिकित्सकहरुले राम्रो उपचार गरिरहनु भएकोछ’ डाक्टर केसीले भने।

सामाजिक विकास मन्त्री बोहराले, प्रदेश सरकारले डाक्टर केसीका मागहरु पूरा गर्न नसक्ने संघले नै गर्ने हो, तर सेती प्रादेशीक अस्पतालले रिफर गरिसकेको छ। मैले गृहमन्त्रीलाई काठमाडौं लैजानका लागि भनेको छ’ सामाजिक विकास मन्त्री बोहराले भने।

तर जवाफमा केसीले भने, ‘मेरो बारेमा गृहमन्त्रीलाई भनेर हुन्छ र मेरो स्वास्थ्य र मागको चिन्ता हो भने प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई पो भन्ने हो।’डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशीक अस्पतालले उनलाई चार दिन अघि नै रेफर गरिसकेको छ। तर डाक्टर केसीले सेती प्रादेशीक अस्पताल छोडन मानिरहेका छैनन।
। डाकटर केसीले मुखबाट केही पनि खान मानिरहेका छैनन् भने नसाबाट पनि पानी दिन नमानेको उपचारमा खटिएका चिकित्सकहरुले जनाएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.