कैलालीमा संविधान दिवसलाई कालो दिनका रुपमा मनाईयो
धनगढी,३ असोज । कैलालीमा संविधान दिवसलाई कालो दिनको रुपमा मनाइएको छ । जिल्लाको लम्की चुहानगरपालिका–४ बलियामा थारुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली र थारु कल्याणकारी सभाले सोमबार कालो दिन मनाएका हुन् ।
उनीहरुले कैलालीमा कार्यक्रम गर्दै संविधानको विरोध गरेका छन् । कार्यक्रममा बाल्दै थारुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव थारुले संविधानका केही धाराहरुमा आफूहरुको असहमति रहेको बताएका छन् ।
उनले संविधानको धारा १८, धारा ४२, धारा ५६, धारा २७६ र अनुसूची ४ मा आफुहरुको असहमति रहेको चौधरीले बताएका छन् ।