एक वर्षमा ३० करोड बराबरको पानी निर्यात

काठमाण्डौं,३ असोज । नेपालले गत वर्ष ३० करोड रुपैयाँ बराबरको पानी विदेश निर्यात गरेको छ । नेपाल बोटल वाटर उद्योग सङ्घले आर्थिक वर्ष २०७८र०७९ मा नेपालबाट ३० करोड बराबरको पानी निर्यात भएको जानकारी दिइएको हो ।

सङ्घका सचिव एवम् हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीका अनुसार नेपालले चीन, हङकङ, कतार, दुबई, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पानी निर्यात गर्दै आएको छ ।

नेपालबाट अहिले बोटलर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्राण्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’ लगायतका पानी विदेशमा निर्यात हुँदै आएको सचिव बुढाथोकी बताए ।

२०६५ सालमा स्थापित नेपाल बोटल वाटर उद्योग सङ्घमा काठमाण्डौभित्रका १ सय ८२ र देशभरका ६ सयभन्दा बढी पानी उत्पादन गर्ने कम्पनीहरु आबद्ध रहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.