अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच भएको पहिलो चरणको वार्ता बिना निष्कर्ष सकियो
धनगढी २ असोज । अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच भएको पहिलो चरणको वार्ता बिना निष्कर्ष सकिएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा कुनै सहमति नभएपछि थप गृहकार्य गरेर भोलि अर्को चरणको छलफल गर्ने तय भएको छ ।
सकारकातर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा रहेको वार्ता टोलीमा शिक्षासचिव, स्वास्थ्यसचिव सहभागी छन् । डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली छ ।
पहिलो दिन आज डा. केसीले राखेका मागहरूमा बुँदागत छलफल भएको छ । सरकारका तर्फबाट डा. केसीसँग हालसम्म भएका सम्झौताको कार्यप्रगतिबारे जानकारी दिने काम भएको थियो ।धनगढीको सेती प्रादेशिक अस्पतालमा आमरण अनशनमा रहेका डा। केसीको स्वास्थ्य अवस्था सातौँ दिनमा आइपुग्दा अवस्था जटिल भएको अस्पतालको रिपोर्ट छ ।