नेपाली काङ्ग्रेस कैलाली द्धारा बाढीपीडितलाई राहतसहित पुनर्स्थापना गर्न माग
धनगढी, २ असोज । नेपाली काङ्ग्रेस कैलालीले यही भदौ ३०, ३१ र असोज १ परेको वर्षाका कारण प्रभावित बनेका परिवारलाई उचित राहत तथा र पुनस्स्थापनाको व्यवस्था मिलाउन माग गरेको छ ।
कैलालीका विभिन्न स्थानमा गरी एक हजार पाँच सय बढी परिवार प्रभावित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काङ्ग्रेस कैलालीले विज्ञप्ती जारी गरेर तीनवटै तहका सरकारसंग यस्तो माग गरेको हो ।
प्राकृतिक विपदमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धान्जली दिँदै काङ्ग्रेस किलालीले प्रभावित भएका व्यक्ति र परिवारको उद्दार, राहत, बसोबास र पुनस्स्थापनाको कार्यमा खटिन काँग्रेस कैलालीका सम्पूर्ण इकाईहरु, भातृ तथा शुभेच्छुक संघसस्था, क्रियाशील सदस्यहरूलाई आह्वान समेत गरेको छ ।
प्राकृतिक विपदबाट प्रभावित तथा विस्थापित भएकाहरुलाई यथासिघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउन र उनीहरुलाई उचित राहत सामग्री उपलब्ध गराउँदै पुनस्र्थापनाको यथोचित व्यवस्था मिलाउन नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र कैलालीका सबै स्थानीय सरकारहरुसंग गरिएको छ । नदी कटान र डुबानका कारण भएको धनमालको यथासिघ्र यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्ति दिन पनि तीनै तहका सरकारहरुसंग माग गरिएको छ ।
कैलाली सहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति पीडितहरुको पीडामा संवेदना व्यक्त गर्दै नेपाल सरकार तथा प्रदेश सरकारलाई बेपत्ताहरुको खोजी कार्य प्रभावकारी बनाउन र पीडितहरुलाई यथासिघ्र उचित राहत तथा क्षतिपूर्ति र पुनस्र्थापनाको व्यवस्था मिलाउन नेपाली काँग्रेस कैलाली जोडदार माग गर्दछ’ काङ्ग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।