बाजुरामा चामलको अभाव,तिन महिना देखि डिपो खाली
धनगढी, २ असोज । बाजुरामा खाद्यन्नको अभाव भएको छ । हिमाली गाउँपालिकामा सरकारले ढुवानी अनुदानको चामल ढुवानी नगर्दा तिन महिना देखि डिपोमा चामलको संकट भएको हो ।
हिमाली गाँउपालिकाको ५ कवाडी अस्थाई डिपोमा असार देखी चामल ढुवानी नगर्दा खाद्य संकट भएको हिमाली गाँउपालिका ३ का धनलाल रोकायाले बताए ।
अनुदानको चामल ढुवानी नहुदा हिमाली गाँउपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको हो । डिपोमा चालम नपाउदा बजारको महँगो चामल खरिद गर्नुपर्ने बाध्यता छ ।
गत आर्थिक बर्षको चामल जेठमै सकिएको थियो । चालु आर्थिक बर्षमा २५ सय कुन्टल चामल डिपोका लागि ढुवानी गर्ने भनेपनि अहिले सम्म ठेक्का सझैता हुन नसकेको मार्तडी खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए ।
खाद्यान्नको अभाव हुदा नजिकैको चार्डवाड महँगोमा मनाउने भएका छन् । बजारमा स्थानिय सडक बर्षातले अबरोध भएकाले चामलको मुल्य आकासिएको छ ।
साँफे मार्तडी सडक र मार्तडी कोल्टी सडकको बिभिन्न ठाउँमा सडक अबरोध हुदा व्यापारिले महँगो भाडा तिरी बिक्रिका लागि चामल ढुवानी गरिरहेका छन् ।
तिन महिना देखि डिपोमा चामल अभाब हुदा अहिले सम्म व्यबस्थापन गर्न कतै बाट पहल भएको छैन ।