दार्चुलामा जिप दुर्घटना,४ जना घाइते

धनगढी,२ असोज । दार्चुलामा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा आइतबार बिहान से १ ज १०७८ नम्बरको जीप दुर्घटना हुदा ४ जना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा चालक धनबहादुर धामी, २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनबिर टमटा घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइते चालक धामीको अवस्था गम्भीर रहेको प्रहरिले बताएको छ । सबैको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.