कानुन मन्त्री रावलले गरे अछामका प्रमुख जिल्ला अधिकारीलाई फोन, १७ को मृत्यू,१२ बेपत्ता र ३४ घाईते

धनगढी १ असोज । सुदुरपश्चिम प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री रण बहादुर रावलले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर अछामका विभिन्न ठाउँमा गए राती गएको पहिरोमा परी ज्यान गुमाएका, वेपत्ता तथा घाईतेको उद्धार तथा उपचारमा कुनै कसर बाकि नराख्न निर्देसन दिएका छन् ।
सुुरक्षा निकाए एवम् सरोकारहरुलाई निर्देशन दिने क्रममा उनले प्रदेस स्थानीय र सघं सरकारले उक्त घटनाको बारेमा गम्भिर भएर लाग्न आग्रह समेत गरेको जनाईएको छ ।

यस्तै मन्त्री रावलले सो घटनाबारे जानकारी लिएका छन् ।उनले प्रमुख जिल्ला अधिकारी मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउ धनको रक्षा गर्ने भएको भन्दै बाढी र पहिरोमा परि घाइतेको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न भनेको मन्त्री रावलले एक्टिभ एफ.एम, लाई जानकारी गराए ।

अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १७ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेको संख्या सबैभन्दा बढी १२ कमलबजार नरगपालिकाका रहेको छ । तुर्माखाँद गाउँपालिकामा ४ जना र ढकारी गाउँपालिकामा १ जनाको मृत्यु भएको छ भने हिरोमा परेका १२ जनाको अवस्था अझै अज्ञात छ ।

तुर्माखादँमा पहिरोले २ घर पुरिएका छन् भने कलबजारमा २ घर र ढकारीमा एक घर पुरिएको छ ।

बाढि पहिरोमा परी अहिले सम्म ३४ जना घाईते भएका अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।

अछाममा अविरल वर्षा पछि परेको पहिरोमा परेर एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.