अछाम पहिरो अपडेट,मृत्यु हुनेको संख्या १७ पुग्यो

धनगढी १ असोज । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १७ जनाको मृत्यु भएको छ।

पहिरोका पुरिएका १७ शव निकालिएको प्रशासन कार्यालय अछामले जनाएको छ । मृत्यु हुनेको संख्या सबैभन्दा बढी १२ कमलबजार नरगपालिकाका रहेको छ । तुर्माखाँद गाउँपालिकामा ४ जना र ढकारी गाउँपालिकामा १ जनाको मृत्यु भएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

सबै उद्धार कार्यमा जुटेकोले घटनाको बिस्तृत बिवरण अझै आउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । अहिले सबै क्षेत्रमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार टोली खटिएको छ । बिहान पहिरो गएको कती मानवी क्षति र बेपत्ता भएको जानकारी संकलन भैरहेको छ ।

पहिरोमा परेका ५ जनाको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी कार्य जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । तुर्माखादँमा पहिरोले २ घर पुरिएका छन् भने कलबजारमा २ घर र ढकारीमा एक घर पुरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.