अछाम पहिरो अपडेट,मृत्यु हुनेको संख्या १५ पुग्यो

धनगढी १ असोज । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ।

पहिरोका पुरिएका १५ शव निकालिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । मृत्यु हुनेको संख्या सबैभन्दा बढी कमलबजार नरगपालिकाका रहेको छ ।
सबै उद्धार कार्यमा जुटेकोले घटनाको बिस्तृत बिवरण अझै आउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । अहिले सबै क्षेत्रमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार टोली खटिएको छ । बिहान पहिरो गएको कती मानवी क्षति र बेपत्ता भएको जानकारी संकलन भैरहेको छ ।

कमलबजार नगरपालिका ६ ठाँटीखाँदमा ७ जना, वडा नं। ८ मा ५ जना गरी १२ जनाको मृत्यु भएको छ । यस्तै तुर्माखाँद गाँउपालिकामा ५ मा २ जना र ढकारी गाँउपालिका ६ मा एकजनाको शब भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
पहिरोमा परेका ८ जनाको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी कार्य जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । बेपत्ता हुनेमा तुर्माखाँद गाँउपालिकाका ७ जना र ढकारी गाँउपालिकाका एक जना रहेका छन् । तुर्माखादँमा पहिरोले २ घर पुरिएका छन् भने कलबजारमा २ घर र ढकारीमा एक घर पुरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.