कञ्चनपुरमा बाढीका कारण एक दर्जन बढी घर डुवानमा
धनगढी,१ असोज । कञ्चनपुरमा बाढीका कारण एक दर्जन बढी घर डुवानमा परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका – ७ कार्किकटानमा बिहिबार रातीदेखि परेको अविरल वर्षाका कारण मोहना नदीमा आएको बाढीले एक दर्जन बढी घर डुबानमा परेका हुन ।
बाढीलका कारण करिब १५ वटा घर डुबानमा परेका ईलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरिक्षक उदय सिँह खडायतकाले जानकारी दिए ।
उनका अनुसार २ घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाँकी घरका परिवार बाढी आउनुपुर्व नै सरिसकेको उनले बताए । बाढीले घरभित्रको खाद्यान्न, लत्ताकपडाहरुमा क्षती भएको बताईएको छ ।
बाढीका कारण कलुवापुर, कार्किकटान देखी अत्तरिया आवत जावत ठप्प भएको छ । सुदूरपश्चिम यातायातको एउटा बस समेत डुबाएको बताईएको छ ।
प्रहरिका अनुसार अत्तरिया बसपार्क ल्याउने क्रममा बाढीका कारण बस सडकभन्दा केही तल नालीको भागमा गएको हो । उक्त ठाउँमा पानी बहाब कम भएपछि मात्रै बस निकाल्न सकिने प्रहरी नायब निरिक्षक खडायतले बताए ।
प्रहरिका अनुसार बाढीका कारण हालसम्म मानविय क्षती भने भएको छैन ।