अछाममा पहिरोले ठूलो धनजनको क्षती, १२ जनाको शव फेला

धनगढी १ असोज । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ।

अछाम प्रहरीका अनुसार कमलबजारबाट ७ जनालाई जीवितै उद्धार गरिएको छअछामाको तिन पालिकाको चार स्थानको बिभिन्न स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख नायव उपरीक्षक डिएसपी नारायण डागिले जानकारी दिए ।
सबै उद्धार कार्यमा जुटेकोले घटनाको बिस्तृत बिवरण अझै आउन केही समय लाग्ने डिएसपी डाँगीले जानकारी दिए । अहिले सबै क्षेत्रमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार टोली खटिएको छ । बिहान पहिरो गएको कती मानवी क्षति र बेपत्ता भएको जानकारी संकलन भैरहेको छ ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौर, कमलबजार नगरपालिका ६ ठाँटीखाँद, ढकारी गाउँपालिका ६ सिमानेमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.