कैलालीको भजनी र टिकापुर क्षेत्र जलमग्नःसतर्क रहन विभागको आग्रह

धनगढी १ असोज । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुर र कैलालीमा भारी वर्षा मापन भएकोले सतर्क रहन आग्रह गरेको छ । शुक्रबार दिउँसो देखिको लगातार वर्षाले कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुने भन्दै विभागले सचेत रहन आग्रह गरेको हो ।

विभागका अनुसनर मोहना, खुट्टीया, कान्द्रा, चौधर, स्याली लगायतका साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीले खतराको संकेत देखिएको छ ।

अझै पनि थप वर्षा हुने भएकाले कञ्चनपुर र कैलालीका साना नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

लगातारको वर्षले कैलालीको भजनि नगर पालीका र टिकापुर क्षेत्र जलमग्न भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेद प्रकाश जाशिले जानकरी दिए । उनले अहिले सम्म अन्य क्षति नभएको बताएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.