सुदूरपश्चिम प्रदेश सरकारले दुई जना राज्यमन्त्री थप्यो

धनगढी ३१ भाद्र । सुदूरपश्चिम प्रदेश सरकारले दुई जना राज्यमन्त्री थपेको छ । प्रदेश सरकारले आज शुक्रबार दुई जना प्रदेश सांसदलाई राज्यमन्त्रीको सफत ग्रहण गराएको छ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन घोषणा गरेसंगै दलहरु चुनावी अभियानमा होमिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले चुनाव हुन दुई महिना बाँकी रहँदा शुक्रबार २ जना राज्यमन्त्री थप गरेको हो ।
शुक्रबार २ प्रदेश सांसदलाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं,

आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए । दुबै एकीकृत समाजवादीका सांसद्  बुढाथोकी कैलाली –५ (क) सोडारी अछामबाट प्रदेश सभा सदस्य हुन् ।

उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्बर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले सोढारीलाई पठाएको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.