अनशनरत केसीसँग वार्ता गर्न सरकार द्धारा वार्ता टोली गठन

धनगढी । सात बुँदे माग राख्दै धनगढीमा पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो ।

वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधिसमेत रहनेछन् । डा. केसीको तर्फबाट वार्ता टोलीको संयोजकमा डा. जीवन क्षेत्री रहेका छन् ।

ओमप्रकाश अर्याल, डा. लिजन महर्जन, प्रितम सुवेदी सदस्य छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.