सुदूरपश्चिम प्रदेशमा अपाङ्गता प्रादेशिक निर्देशक समितिले पूर्णाता पायो

धनगढी : सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच वर्षपछि अपाङ्गता प्रादेशिक निर्देशक समितिले पूर्णाता पाएको छ ।प्रदेश सरकार गठन भएको पाँच वर्ष पुग्नै लाग्दा सामाजिक विकास मन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिले शुक्रबार पूर्णता पाएको हो ।

शुक्रबार मन्त्री गोविन्दबहादुर बोहराले शाररिक अपाङ्गताका तर्फबाट डडेल्धुराका गणेशप्रसाद अवस्थी, दृष्टिविहिनका तर्फबाट कञ्चनपुरका खेमा सापकोटा ९पन्त० र बहिराका तर्फबाट कैलालीका दिनेश पनेरुलाई मनोनित गर्दै समितिलाई पूर्णता दिए । उनीहरुलाई शुक्रबारनै मन्त्री बोहराले नियूक्त पत्र प्रदान गरि बधाईसमेत दिएका छन ।

सो समितिले अपाङ्गता भएका व्यक्तिहरुका क्षेत्रमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन, वार्षिक कार्ययोजनाको स्वीकृत प्रदान, कार्यक्रम सम्बन्धी वार्षिक, अर्धवार्षिक समीक्षा कार्यक्रमहरुमा सहभागि हुने र प्रतिवेदनहरु स्वीकृत गर्ने, कार्यक्रम कार्यान्वयनका लागि आवश्यकता अनुसार अनुगमन गर्ने लगायतका भुमिका र जिम्मेवारी रहने छ ।

चार वर्षसम्म सो समिति गठन नहुँदा अपाङ्गता भएका व्यक्तिहरुका क्षेत्रमा कार्यरत संघ÷संस्थाहरुले प्रदेश सरकारले ल्याउने वार्षिक बजेट, नीति तथा कार्यक्रम अपाङ्गमैत्री हुन नसकेको गुनासो गर्दै आएका थिए । उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि यथाशिघ्र समिति गठन गर्न दबाब दिँदै आएका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.