डडेल्धुरामा सर्पले टोक्दा एक किशोरको मृत्यु

धनगढी ३१ भाद्र । डडेल्धुरामा सर्पले टोक्दा एक किशोरको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जीतेन्द्र ओखेडाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

उनलाई बिहीबार राति सुतेको अवस्थामा सर्पले टोकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सर्पले टोकेपछि जीतेन्द्र आफैँले सर्प मारेर फेरि बिस्तरामा सुतेका थिए ।

उनलाई एक्कासी विषले असर गरेपछि बैद्यकहाँ लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अस्पताल लगिएको उनलाई बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ ।

ओखेडा स्थानीय शैलेश्वरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.