बुहारीमाथि जबरजस्ती करणीको आरोप लगेका ससुरा फरार

धनगढी ३१ भाद्र । बैतडीमा ससुराले बुहारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ । जिल्लाको सिगास गाउँपालिकाका ४८ बर्षीय पुरुषले बुहारी नाता पर्ने २३ वर्षिया महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लगाएकी हुन् ।

महिलाले भदौ १९ गते राति करीब १० बजेको समयमा ढोका फुटाएर आफुमाथि जबरजस्ती गर्ने प्रयास गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेकी छिन ।

प्रहरीका अनुसार रोजगारीको सिलसिलामा भारत रहेका श्रीमानलाई घर बोलाएर ती महिलाले उजुरी दिएकी हुन । आरोप लागेका उनका ससुरा अहिले फरार रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.