केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

धनगढी ३१ भाद्र । धनगढीमा अनचन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.केसीले धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका छन् ।

डा.केसीको आज शुक्रबार स्वास्थ्यमा थप समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । उनले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ ।

केसीसँगै रहेका उनका सहयोगी डाक्टर अमृत जैसीले स्वास्थ्य अवस्था झन बिग्रिदै गएको बताए । उनले केसीको ब्लड प्रेसर घटेर ९०/६० पुगेको पुगेको बताएका छन् ।

धनगढी पुगेर अनशन बसेको पाँच दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सुनवाइ भएको छैन । केसीका सहयोगी डाक्टर जैसीले सरकारी पक्ष आन्तरिक रुपमा ,

अनौपचारिक सम्वादमा रहेको सुन्नमा आएको तर औपचारिक रुपमा वार्ताका लागि अहिलेसम्म प्रस्ताव नआएको बताए ।

अस्पतालको रिपोर्ट

                                       

सम्बन्धित
Leave A Reply

Your email address will not be published.