तीनदिन सुदूरपश्चिम उच्च जोखिममा,नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह

धनगढी –अबको तीनदिन सुदूरपश्चिमका कैलाली सहित अछाम,डोटी, डडेल्धुरा र कञ्चनपुरमा उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
अबको तीन दिन सम्म सुदूरपश्चिम क्षेत्रका नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न नदीहरुमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै लुम्बिनी प्रदेशका केही नदीहरुमा पनि बाढीको सम्भावना रहेको बताइएको छ ।

यस्तै गुल्मी, प्युठान, बाग्लुङ, दाङ, बाँके, बर्दिया र सुर्खेतमा पनि उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.