निम्न माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक

धनगढी । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसअनुसारपरीक्षामा सहभागी मध्य १८ प्रतिशत परीक्षार्थी मात्रै उतीर्ण भएका छन् ।
सुदूरपश्चिम प्रदेशका २१ हजार ६५६ परीक्षार्थीमध्ये ३ हजार २६३ जना मात्रै लाइसेन्स परीक्षा उत्तीर्ण भएका छन् । सुदूरपश्चिममा परीक्षा दिने मध्ये १५.०६ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् ।
गएको साउन २८ मा लिएको लाइसेन्स परीक्षामा देशभरबाट १ लाख ८१ हजार ५७५ सहभागी भएका थिए । त्यसमध्ये ३२ हजार ८८८ जना अर्थात १८.११ प्रतिशतले मात्रै उतीर्ण भएका हुन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.