सत्याग्रहको तेस्रो दिन स्वास्थ्यमा समस्याःअस्पताल भर्ना गर्न केसीको अस्विकार

धनगढी २९ भाद्र । धनगढीमा अनसन बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखिएको छ । अनसन बसेको बुधबार तेश्रो दिनमा डा.केसीको स्वास्थ्यमा समस्या देखिएको हो ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार सहित ७ बुँदे माग सहित डा.गोविन्द केसीले धनगढीमा सोमवार देखि २०औँ आमरण अनसन सुरु गरेका थिए ।

डा.केसीको नियमित स्वास्थ्य जाँच गर्दा रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको चिकित्सक शेरबहादुर कमरले जानकारी दिए । उनको पिसाबमा किटोन देखिएको चिकित्सकले बताएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले अस्पताल भर्ना गर्न भने पनि डा.केसीले अस्विकार गरेका छन् । डा.केसीले अवस्था जटिल भएपनि आफूलाई कुनै औषधि नचढाउन आग्रह गरेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.