डेंगीका कारण नौ जनाको मृत्यु

धनगढी २९ भाद्र । नेपालमा डेंगी संक्रमितको संख्या तिव्र रुपमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार (हिजो)मैगलबार सम्म ११ हजार ६५ जनामा संक्रमण भेटिएका हो ।

महाशाखाका अनुसार डेंगीका कारण नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । महाशाखाका अनुसार यस वर्ष ७७ वटै जिल्लामा संक्रमित देखिएका छन् ।

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.