कैलालीको गोदावरी नगरपालिकामा अव्यवस्थित बसोबासिले लालपुर्जा पाउने प्रक्रिया अन्तिम चरणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिकाका ३४५ जना अव्यवस्थित बसोबासिले लालपुर्जा पाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय भूमि आयोग मार्फत नगरपालिकाले उनीहरुको जग्गा नापी गरेर अन्य प्रक्रिया पुरा गरिसकेको छ ।

३४५ कित्ता जग्गाको नापी गरेर दस्तुर समेत तोक्ने काम सकिएको छ । जसमा गोदावरी नगरपालिका वडा नम्बर १ का २२३ र वडा नम्बर ५ का १२२ कित्ता रहेका छन ।सो समय समेत सकिएकाले अब अन्तिम पटक थप १५ दिने सूचना निकालेर लालपुर्जा वितरण सुरु गरिने राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताए ।
यसअघि दस्तुर माथि चित्त बुझे नबुझेको बारेमा निकालिएको सूचनामा दस्तुर बढी भएको गुनासो मौखिक रुपमा आएपनि लिखित रुपमा भने ५/६ जनाको मात्रै निवेदन आएको नगरपालिकाका अमिन रधुनाथ जोखिले बताए ।
हाल गोदावरीमा जग्गा नापी भएका क्षेत्रका बासिन्दालाई लालपुर्जा दिने काम दिने प्रक्रिया अगाडी बढेकाले थप नापिको काम भने रोकिएको छ । हालसम्म नगरपालिकामा गोदावरी नगरपालिका वडा नम्बर १ का चैतन्यपुर, बिजौरा, बरपिपल टोल, पृथ्वीनगर, श्रीजनसिल टोल, डाँडा टोल, आरती टोल, वडा नम्बर २ को महरा कटान र वडा नम्बर ५ पुरैमा नापीको काम सकिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.