खप्तड गोल्ड कपमा आज एनआरटी र बाग्मती खेल्दै

धनगढी- सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलमा आज शुक्रवार एउटा खेल हुँदैछ ।

धनगढी रङ्गशालामा न्युरोड टिम (एनआरटी) र बाग्मती युथ क्लब खेल्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।प्रतियोगिताको उद्घाटन खेलमा हिजो मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल दुई–एक गोल अन्तरले क्लबलाई हराएको थियो ।सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.