कञ्चनपुरमा किसान परिचय पत्र वितरण सुरु

धनगढी २८ भाद्र । कञ्चनपुरमा बर्गिकरण सहितको किसान परिचय पत्र वितरण सुरु गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिकामा राष्ट्रिय कृषक समूह महासघ नेपाल सुदुरपश्चिम प्रदेश कार्यसमिति र कष्णपुर नगरपालिकाको सम्झैता अनुसार,

केयर नेपालको आर्थिक सहयोगमा नगरपालिकामा किसानहरुलाई परिचय पत्र वितरण सुरु गरिएको हो । सोमबार नगरप्रमुख हेम राज ओझाले किसान परिचय पत्रको वितरणको शुभारम्भ गरेका थिए ।

किसानहरुलाई मापदण्डका आधारमा रातो, सेतो, पहेलो र निलो रंगको परिचय पत्र वितरण सुरु गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.