निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गर्दै

धनगढी २८ भाद्र । निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

उनले त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको बताएका छन् । यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको निर्वाचन आयुक्त थपलियाले बताए ।

आयोगले निर्वाचनमा आवश्यक नीतिगत र संरचनागत उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता र कानुन बनाएको जनाएको छ ।

आयोगले उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको व्यवस्था गरेको आयुक्त थपलियाले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.